कोरोना भाइरसबाट पाकिस्तानमा एक मन्त्रीको मृत्यु

कोराना भाइरसका कारण पाकिस्तानको सिन्ध प्रदेशका एक मन्त्रीले ज्यान गुमाएका छन् । सिन्ध प्रदेशका मावन व्यवस्थापन मन्त्री गुलाम मुर्ताजा बालोचको मंगलबार मृत्यु भएको हो ।

उनको मृत्यु भएको पुष्टि गर्दै सिन्धका मुख्यमन्त्री मुराद अली शाहले उनको मृत्युबाट एक असल सहयोगी गुमाएको र यसले सिन्ध सरकारले ठूलो क्षति व्यहोरेको बताएका छन् ।



सिन्ध सरकारका प्रवक्ता मुर्तजा वहाबले पनि ट्विटरमा लेख्दै बालोचलाई श्रदाञ्जली दिएका छन् । उनमा १४ मे मा कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको थियो । कराँचीको एक निजी अस्पतालमा उपचारत उनलाई २३ मेबाट आईसीयूमा राखिएको थियो ।

सम्बन्धित समाचार