परिवारसहित नेपाल आइन् मनिषा

नायिका मनिषा कोइराला नेपाल आएकी छिन् । उनी, परिवारसहित मंगलबार बेलुकी बेलहिया नाकाबाट नेपाल भित्रिएकी हुन् । सीमानामा आइपुगेपछि उनलाई नेपाली सेनाको टोलीले पिकअप गरेको थियो । सीमामा मनिषा र उनको परिवार लामो समय रोकिएन । बेलहिया नाकाबाट आएका उनीहरु होटलमा क्वारेन्टाइनमा बस्नेछन् ।

नायिका मनिषा कोइराला एक ट्विटका कारण भारतीय मिडियाको निशानामा परेकी थिइन् । नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गर्दै नयाँ नक्शा सार्वजनिक गर्ने निर्णय गरेपछि मनिषाले गरेको एक ट्विट भारतीय संचारमाध्यमको निशानामा परेको थियो ।



मनिषाले अब यो मुद्दालाई नेपाल, भारत र चीन मिलेर सुल्झाउनुपर्ने बताएकी थिइन् । यसपछि, भारतीय संचारमाध्यमले उनको ट्विटलाई लिएर ‘भारतको खाने, चीनको गुणगाण गाउने’ भन्दै आलोचना गरेका थिए ।

सम्बन्धित समाचार