जुम्लामा तीन दिनका लागि कफ्र्यु

कोरोना भाइरसको संक्रमण फैलिन नदिन जुम्लामा तीन दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले आज (बुधबार) बिहान ९ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

भारतबाट जुम्ला आएका नागरिक र सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि त्यसलाई समुदाय स्तरमा फैलिन नदिन निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।



निषेधाज्ञाको अवज्ञा गरे कानुन बमोजिम कारबाही हुने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेका सबै पसलहरु बन्द हुने जनाइएको छ ।

सम्बन्धित समाचार