आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । आज अपरान्ह चार बजे बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा ७३ दिनदेखि जारी लकडाउनको मोडालिटी परितर्वन गर्ने बारेमा छलफल हुने जनाइएको छ ।
जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ३२ सम्म बढाउँदै मोडालिटीबारे अध्ययन गर्न उपप्रधान तथा रक्षामन्त्रीको संयोजकत्वमा रहेको उच्चस्तरीय समितिलाई निर्देशन दिएको थियो । समितिको गृहकार्यसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारमा विज्ञहरुसँग परामर्श पनि गरेका थिए । विज्ञको सुझाबअनुसार प्रधानमन्त्री ओलीले लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेका छन् ।
निरन्तरको लकडाउनले व्यवसाय चौपट भएको भन्दै काठमाडौंमा उल्लंघन गर्नेसम्मका चेतावनी आएपछि सरकारले मोडालिटीबारे गृहकार्य तीब्र बनाएको छ ।