
बारामा ६ जना प्रहरी र एकजना पत्रकारसहित सातजना कोरोनालाई जितेर घर फर्किएका छन् । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत ६ जना प्रहरी र कलैयाको एफ।एम। रेडियोमा कार्यरत एकजना पत्रकार निको भएर घर फर्किएको बाराका प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी दिए ।
कोरोना संक्रमित भएर कलैयामा रहेको कोरोना बिशेष अस्थायी अस्पतालमा उपचार गराउदै आएका उनीहरु निको भएपछि बिहीबार घर फर्किएको मिश्रले बताए ।
गत जेठ ३,५,११ र १२ गते कोरोना संक्रमण पुष्टि भएका सातै जनाको दोस्रो र तेस्रो पटकको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालका डाक्टर रबि गुप्ताले जानकारी दिए ।
