दैलेखमा एकै दिन १०५ जनामा कोराना संक्रमण पुष्टि

कोरोना संक्रमणको तीव्र रुपमा फैलिइरहेको कर्णाली प्रदेशको दैलेख जिल्लामा विहीबार एकैदिन १०५ जनामा कोरोना पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा संकलन भएर आएका स्वाबहरुको पिसिआर परिक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

आज भएको परिक्षण रिपोर्ट अनुसार दैलेख जिल्ला नारायण नगरपालिका ६४ जना पुरुष र एक जना महिलामा कोरोना पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।



त्यसैगरी दैलेखकै देबलकाँडा गाउँपालिकाका १२ जना पुरुष, सोत गाउँपालिकाका नौ जना पुरुष, मान्टाकुरा गाउँपालिकामा सात जना पुरुष साडु गाउँपालिकामा दुई जना पुरुष, भगनी गाउँपालिकामा पाँच जना पुरुष र बासकोट गाउँपालिकामा एक जनामा कोरोना पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।

त्यसैगरी गुमु जिल्लामा खत्याड गाउँपालिकाका एक जनामा पनि कोरोना पुष्टि भएको छ । बिहीबार मात्रै दैलेख र मुगुमा गरि १०६ जनामा कोरोना पुष्टि भएको हो ।

यस कोरोना पुष्टि भएको कर्णाली प्रदेशको हालसम्मकै सबैभन्दा ठूलो संख्या हो । यस अघि कर्णालीमा छ वटा जिल्लामा २६८ जनामा कोरोना पुष्टि भएको थियो । ती मध्ये एक जनाको कोरोनाकै कारण मृत्यु भएको थियो ।

अब हालसम्म कुल कोरोना पुष्टि भएको संख्या ३७४ पुगेको छ । कोरोना संक्रमण बढेसँगै कर्णालीमा त्रास बढेको छ ।

सम्बन्धित समाचार