नेपालमा हालसम्म १६ चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

नेपालमा हालसम्म १६ स्वास्थ्यकर्मी र चिकित्सकमा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा। समीर अधिकारीले हालसम्म १६ स्वास्थ्यकर्मी र चिकित्सकलाई कोरोना भाइरसको देखिएको जानकारी दिए । उनले भने, ‘कोरोना संक्रमण देखिनेमा चार चिकित्सक छन् भने अन्य स्वस्थ्यकर्मी हुन् ।’

कोरोना संक्रमण देखिने चार चिकित्सक काठमाडौ मेडिकल कलेज (केएमसी) का दुईजना, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट खटिएका एकजना र सेनाका एकजनामा संक्रमण देखिएको अधिकारीले जानकारी दिए ।



त्यसैगरी, कोरोना संक्रमण देखिनेमा स्वयम्भूस्थित मनमोहन अस्पतालकी एक महिला स्वास्थ्यकर्मी र कञ्चनपुको परासन स्वास्थ्यचौकीमा कार्यरत एक पुरुष स्वास्थ्यकर्मी छन् । त्यस्तै बाँकेका खजुरा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख एक नर्स, धनकुटाका अस्पतालका दुई नर्स र दुई स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण देखिएको छ ।

कपिलवस्तुको तौलिहवा अस्पताकी एक नर्स, भक्तपुरको अरोग्य फाउन्डेसनकी एक नर्स, पर्साको नारायणी अस्पतालकी नर्स छन् । यस्तै दाङका एक स्वास्थयकर्मी र अर्घाखाँचीका स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

अधिकांश स्वास्थ्यकर्मी व्यक्तिगत सुरक्षा सामग्रीको अभावका कारण र अस्पतालमा रहेका बिरामीबाट कोरोना संक्रमण सरेको हुनसक्ने जनस्वास्थ्य विज्ञहरु बताउँछन् । नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्यकर्मीलाई अनलाइनमार्फत संक्रमण रोकथामका लागि (जेठ २० गते) अनलाइन तालिम सुरु गरेको छ ।

सम्बन्धित समाचार