अत्यावश्यक पसललाई दिनभर खोल्न दिन सिफारिस

काठमाडौं उपत्यकाको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकमा उपत्यकामा लकडाउन खुकुलो बनाउने या यथास्थितिमा राख्ने भन्ने विषयमा छलफल भएको छ । दैनिक अतिआवश्यक सामग्रीका पसलहरु दिनभर समय मिलाएर खोल्न दिनको लागि क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)र उच्चस्तरीय समितिमा सिफारिस गरेको छ ।

भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीकाअनुसार बिहान र बेलुका मात्र पसल खोल्ने गरेकोमा त्यसरी झन बढी भिडभाड बढेकोले दिनभर खोल्नको लागि सिफारिस गरिएको छ । लकडाउनको मोडालिटी र जनताको जीवनलाई कसरी सहज बनाउन सकिन्छ त्यस विषयमा छलफल भएको छ । जसमध्ये विदेशबाट आएका नेपाली नागरिकलाई कसरी व्यवस्थापन गर्ने, सुविद्यायुक्त क्वारेन्टाइन बनाउने कुरामा छलफल भएको हो ।



तीनवटा जिल्लाको साझा मुद्दा भएकोले यसमा तिनैवटा जिल्लाका प्रमुखहरु गम्भीर भएर लागेको हो। कोरोना संक्रमितको संख्या बढदै गएकोले लकडाउन खुकुलो बनाउनको लागि जिल्ला प्रमुखहरुले भन्न नमिल्ने उनले बताइन् । अहिलेको लकडाउनलाई यथावत राखेर समय मिलाएर पसल खोल्न दिने कि भन्ने विषयमा गम्भीरताका साथ छलफल भएको उनले जानकारी दिइन् ।

सहभागी प्रमुख जिल्ला अधिकारीले भनिन, ‘तीनवटा जिल्लामा लागु हुने एउटै नियम हुन्छ । त्यस विषयमा छलफल भएको हो। बैठकमा मुख्य कुरा लकडाउनको मोडालिटी यस्तो हुनुपर्छ भनेर सिफारिस गरेका छौ । लकडाउन खुकोलो बनाउन भनेर सिफारिस गरिएको छैन।’

सम्बन्धित समाचार