
म्यान्मारमा रहेका नेपालीहरुलाई लिएर जहाज काठमाडौँ आइपुगेको छ । म्यान्मारले आफ्नो सेनाको विमानमा राखेर नेपालीलाई स्वदेश फर्काएको हो ।
म्यान्मारबाट शुक्रबार बिहान २६ जना नेपाली स्वदेश फर्केका छन् । त्रिभुवन विमानस्थलमा ओर्लिएपछि उनीहरुलाई होल्डिङ सेन्टमा पुर्याएर सेनाले घरसम्म पुर्याउने व्यवस्था गरेको छ ।
उनीहरुलाई प्रदेश अनुसार अलग अलग गाडीमा राखेर लगिएको छ । म्यान्मारबाट आउने नेपालीको टोलीमा सबैभन्दा बढी बागमती प्रदेशका १७ र सबैभन्दा कम प्रदेश–१ का एक जना छन् ।
