यी हुन् कोरोनाबाट सुरक्षित नेपालका ७ जिल्ला

नेपालमा कोरोना भाइरसको संक्रमणबाट अब ७ जिल्ला मात्र सुरक्षित रहेका छन् । शनिवार डोल्पा र जाजरकोटमा पनि संक्रमण पुष्टि भएपछि अब नेपालका ७ जिल्ला मात्र संक्रमणरहित रहेको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार अहिलेसम्म संक्रमण नदेखिएका ७ जिल्लामा प्रदेश १ का दुई जिल्ला, बागमती प्रदेशको १, गण्डकीका २, प्रदेश ५ को १ र कर्णालीका १ जिल्ला रहेका छन् । प्रदेश १ का १४ जिल्लामध्ये २ जिल्लामात्र अब कोरोना भाइरसको संक्रमणरहित अर्थात सुरक्षित रहेका छन्।



कोरोना संक्रमण नदेखिएका जिल्लाहरुमा रसुवा, मनाङ, मुस्ताङ, रोल्पा, रुकुम पश्चिम, इलाम र ओखलढुंगा रहेका छन् ।

सम्बन्धित समाचार