सफल अभिनेत्रीको उपाधि पाएपछि तापसीले भनिन्, ‘यो सफलता पाउँछु भनेर सोचेको थिइन’

गत वर्ष ५ सफल चलचित्र रिलिज भएपछि अभिनेत्री तापसी पन्नु बक्स अफिसमा सबैभन्दा सफल अभिनेत्री बनेकी छन् । जुम टिभीको रिर्पोटअनुसार, तापसीका ५ फिल्मले सामूहिक रूपमा ३५ करोड कमाउन सफल भएका छन् ।

ती ५ सफल चलचित्रमध्ये मिसन मंगल, गेम ओभर, बदला, सान्दकी आँख गत वर्ष रिलिज भएका थिए । भने चलचित्र ‘थप्पड’ यही वर्षको मार्चमा रिलिज भएको हो । जसको कमाइमा अहिले विश्वलाई आक्रान्त बनाइरहेको महामारी र लकडाउनले प्रभावित गरेको थियो । यी चलचित्रमा गरेको अभिनयले तापसीले आलोचनात्मक प्रशंसा कमाएकी थिइन् ।



सफल अभिनेत्रीको उपाधि पाएकी तापसीले ट्विट गर्दै खुसी व्यक्त गरेकी छन् । उनले ट्विटरमा लेखेकी छन्,  ‘ओहो राम्रो । यो सफलता पाउँछु भनेर सोचेकै थिइन । क्वारेन्टिनको यो समयलाई केही रोकेर, यो खुसी प्रदान गर्न तय गरेको यात्रालाई फर्केर मनाउनुपर्छ जस्तो लागिरहेको छ । धन्यवाद ।’

तापसीको यो सफलतामा, थप्पड चलचित्रमा सँगै काम गरेकी अभिनेत्री दिया मिर्जा लगायत तापसीका फ्यानहरूले उनको अभिनयको तारिफ गर्दै शुभकामना दिएका छन् ।

तापसीले बलिउडमा अभिनेत्रीहरूको छवि परिवर्तन गरेको छ ।

सम्बन्धित समाचार