
बितेको २४ घण्टामा नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । आइतबारको नियमिति प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन्। जसमा २०९ जना पुरुष र ४ जना महिला रहेका छन् ।
यससँगै देशभर कुल संक्रमितको संख्या ३४४८ पुगेको छ । यस्तै बितेको २४ घण्टामा थप १०२ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । जसमा २ जना महिला र १०० जना पुरुष रहेका छन् । योसहित कोरोना निको हुनेको संख्या ४६७ पुगेको देवकोटाले जानकारी दिए ।
१३ जनाको यसअघि नै निधन भैसकेको छ ।
