नेपालमा ७१ जिल्लामा फैलियो कोरोना, यी हुन् सुरक्षित ६ जिल्ला

बितेको २४ घण्टामा नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । आइतबारको नियमिति प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन्। जसमा २०९ जना पुरुष र ४ जना महिला रहेका छन् ।

यससँगै देशभर कुल संक्रमितको संख्या ३४४८ पुगेको छ । नेपालमा ७१ जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ । ६ जिल्ला भने अझै सुरक्षित रहेका छन् । शनिवार डोल्पा र जाजरकोट तथा आइतबार रोल्पामा पनि संक्रमण पुष्टि भएपछि अब नेपालका ६ जिल्ला मात्र संक्रमणरहित रहेको पुष्टि भएको हो ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार अहिलेसम्म संक्रमण नदेखिएका ६ जिल्लामा प्रदेश १ का दुई जिल्ला, बागमती प्रदेशको १, गण्डकीका २, प्रदेश ५ को १ जिल्ला रहेका छन् । प्रदेश १ का १४ जिल्लामध्ये २ जिल्लामात्र अब कोरोना भाइरसको संक्रमणरहित अर्थात सुरक्षित रहेका छन्।

कोरोना संक्रमण नदेखिएका जिल्लाहरुमा रसुवा, मनाङ, मुस्ताङ, रुकुम पश्चिम, इलाम र ओखलढुंगा रहेका छन् ।

संक्रमितमध्ये १३ जनाको निधन भैसकेको छ । ४६७ जना भने उपचारपछि निको भएका छन् ।

सम्बन्धित समाचार