चितवनमा आज (सोमबार) दुई चिकित्सकसहित २० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
भरतपुर कोरोना परीक्षण प्रयोगशालामा गरिएको नमूना परीक्षणमा २० जनामा कोरोना संक्रमण देखिएको भरतपुर अस्पताल स्रोतले जानकारी दिएको छ ।
तीमध्ये १७ जना चितवनका हुन् भने तीन जना नवलपरासीका हुन् । ती मध्ये चितवनको एक निजी अस्पतालमा काम गर्ने दुई जना चिकित्सक रहेका छन् । उनीहरू कुन अस्पतालको भन्ने कुरा खुलाइएको छैन ।