अर्घाखाँचीमा कोभिड-१९ बाट मृत्यु भएका युवकको सम्पर्कमा आएका ३० सहित ३१ जनामा संक्रमण

अर्घाखाँचीमा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रमुख जिल्ला अधिकारी विजय पौडेलले यसअघि मृत्यु भएका युवकको सम्पर्कमा आएका ३० जनासहित ३१ जना नयाँ संक्रमित थपिएको जानकारी दिए ।

‘मृत्यु भएका युवकको सम्पर्कमा आएकासहित ३१ जनामा संक्रमण पुष्टि भएको जानकारी हामीलाई प्राप्त भएको छ’, प्रजिअ पौडेलले भने । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका –९ चरेपानीका युवकको भारतबाट फर्कने क्रममा गत जेठ १० गते बाटोमै मृत्यु भएको थियो ।



मृतकमा कोरोना संक्रमण पुष्टि भएपछि उनीसँगै भारतबाट आएका, मृतकको शव बोकेका र उनको सम्पर्कमा रहेका ५० जनाको थ्रोट स्वाब संकलन गरिएको थियो ।

उनीहरु मध्ये ३० जनामा संक्रमण पुष्टि भएको प्रजिअ पौडेलले बताए । यस्तै उनको सम्पर्कमा रहेका बाहेक थप एक जनामा पनि संक्रमण पुष्टि भएको उनले बताए ।

सम्बन्धित समाचार