सप्तरीमा थप २ महिलासहित ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो सँगै सप्तरीमा एक सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज पुनः थपिएका ७ जना संक्रमित राजविराज नगरपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
उनका अनुसार ती सातै जना भारतको कलकत्ता, महाराष्ट्रसहितका स्थानहरुबाट आएका हुन् । संक्रमितहरु १४ देखि ४० वर्ष उमेर समुहका रहेको उनले बताए। यसभन्दा पहिले आज मात्र बलान बिहुल गाउँपलिकामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।