प्रदेश २ मा सोमबार अहिलेसम्मकै सबैभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश २ को विभिन्न ६ वटा जिल्लामा १७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरीष्ठ प्रशासकिय अधिकृत विजय झाले जानकारी दिए । १७४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा संक्रमितको संख्या १३२३ भएको छ ।
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सर्लाही जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ । सर्लाहीमा मात्र पछिल्लो २४ घण्टामा १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै सप्तरीमा १६ जनामा पुष्टि भएको झाले बताए । सप्तरीमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएपनि यसको सम्बन्धमा अहिले सम्म आफुहरुलाई रिपोर्ट नभएको झाले बताए ।
त्यस्तै रौतहटमा ११ जना, महोत्तरीमा १२ जना, पर्सामा ८ जना र बारामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमितहरुमा अधिकांश भारतको विभिन्न स्थानबाट आएर क्वारेन्टाइनमा बसेकाहरु रहेको जनाइएको छ ।