संक्रमितको शव व्यवस्थापन गर्न प्रशासनलाई हम्मेहम्मे, जनप्रतिनिधिले बाटो छेकेपछि प्रहरीको लाठी चार्ज

पोखरामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका स्याङ्जाका ६० वर्षीय पुरुषको शव व्यवस्थापन गर्न प्रशासनलाई हम्मेहम्मे परेको छ । शव लिएर गएको गाडीको बाटो छेक्न स्थानीयबासीसँगै स्थानीय जनप्रतिनिधि, प्रदेश सांसदसमेत आएपछि प्रहरीले लाठी चार्ज गर्नुपरेको छ ।

जेठ २२ गते सुनौली नाकाबाट उद्दार गरिएका वालिङ नगरपालिकाका उनलाई २३ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा भर्ना गरिएको थियो । उनमा कोरोना संक्रमण भएको आइतबार पुष्टि भयो भने राति उपचारका क्रममा मृत्यु भएको थियो ।



यसअघि शव व्यवस्थापन कहाँ गर्ने भन्ने टुंगो नलाग्दा १६ घण्टासम्म उनको शव अस्पतालको आइसोलेसनमा अरु सं‌क्रमितसँगै रहेको थियो ।

सम्बन्धित समाचार