लकडाउनमा समय कटाउन मानिसहरुले अनेक उपाय अपनाई रहेका छन् । त्यसमा पनि आधिकांश मानिसहरुको पहिलो रोजाइमा पर्छ टिकटक । टिकटक एक चिनीयाँ एप हो जसमा जो कोहीको आवाजमा पनि हाउभाउ मिलाएर आफ्नो भिडियो बनाउन सकिन्छ ।
पूर्वअधिराजकुमारी हिमानी शाह र उनकी छोरी पूर्णिका शाह पनि लकडाउनको फुर्सदिलो समयमा टिकटकमा रमाएको देखिन्छ ।
जस्तो सुकै असहज परिस्थितीमा पनि हँसिलो मुहारकासाथ देखापर्ने हिमानी भिडियोमा पनि छोरी पुर्णिकाको साथमा खुसी देखिन्छिन् ।