गण्डकी प्रदेशमा २४ जना कोरोना संक्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिस्थानमा गरिएको परीक्षणमा नयाँ २४ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
नयाँ थपिएकामा बाग्लुङको बरेङ गाँउपालिकाका २४,२२,१८,२४,१८,४९,२३ र २७ वर्षका गरी ८ जना पुरुष र निसीखोला गाँउपालिकाका २१,२६ र २७ वर्षका ३ जना पुरुष रहेका छन् । यसैगरी नवलपरासी, सुस्तापूर्वको बौदीकाली गाँउपालिकाका ४०,१९,३०,१८,२२,२१,१९,२२,४०,२०,१८ र ३० वर्षका पुरुष रहेका छन् । यस्तै म्याग्दीको बेनी नगरपालिकाका ४६ वर्षका एक पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ ।
संक्रमित सबै जनालाई आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले जानकारी दिए ।
योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या १४४ पुगेको छ । ३ जना संक्रमित निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ । आइतबार राति स्याङजाको वालिङ ३ का ५८ वर्षका पुरुषको पोखराको आइसोलेसनमा ज्यान गएको थियो । उनको सोमबार नै पोखरामा अन्तिम संस्कार भइसकेको छ ।