लकडाउनमा मान्छे चिन्न सजिलोका लागि अनुहार भएको मास्क

अहिले सारा विश्व नै त्रस्त भएको छ । कोरोना रोकथामका लागि मानिसहरुले मास्कको प्रयोग गर्न थालेका छन् । भारतका एक फोटोग्राफरले कोभिड-१९ लकडाउनको क्रममा व्यक्तिहरूका लागि अनुकूल फेस मास्कहरू सिर्जना गरिरहेका छन् ।

केरलाको कोट्टायमको एट्टुमानूरमा एकफोटोग्राफी पसल चलाइरहेका ३८ वर्षीय बिनेश जी पलले व्यक्तिको अनुहार देखिन सक्ने सुरक्षात्मक मास्क डिजाइन गरेका हुन् ।



बिनेशका अनुसार मास्कमा मानिसको अनुहारको फोटो प्रिन्ट गर्न २० मिनेट जति समयलाग्ने तथा एक मास्कको लागि ६० रुपैयाँ पर्ने हुन्छ । उनले डिजाइन गरेको मास्कले व्यक्तिलाई एक अर्कालाई चिन्न सजिलो बनाउने गर्छ ।

https://twitter.com/rananth/status/1264390592127045633

उक्त प्रकारको मास्क बनाउने प्रक्रियाको बारेमा बताउँदै उनले मानिसको फोटो क्लिक गरेपछि सुब्लिमेशन प्रिन्टिङ गरेर उक्त छविलाई विशेष कागजमा ट्रान्सफर गरेपछि फोटोलाई पछि ठूलो बनाएर मास्कमा सुपरइम्पोज गर्नुपर्ने बताए ।

 

सम्बन्धित समाचार