प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन् । संसद बैठक (आज) बुधबार बिहान ११ बजे बस्दैछ । सांसदहरुले उठाएका बिभिन्न विषयलाई समेटेर प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्
संसद सचिवालयको बुधबारको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका बिभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने उल्लेख छ ।
साथै संसदमा विनियोजन विधेयक २०७७ अन्तर्गत विभिन्न मन्त्रालयको विभिन्न शीर्षकहरुमा २६ जना सांसदहरुले राखेको खर्च कटौतीको प्रस्तावसमेत निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि छ ।