रुपन्देहीको कञ्चन गाउँपालिकामा बाबुले आफ्नै छोराको हत्या गरेका छन् । कञ्चन गाउँपालिका वडा नम्बर १ कुुचेराका रिमबहादुुर कुमालले घरमा सुुतिरहेको १५ वर्षिय छोरोलाई घाँटी, मुख र टाउँकोमा बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
घरको छतमा सुुतिरहेका सुुदीपलाई बाबुले बन्चरोले हानेका थिए । घाइते भएका सुुदीपलाई बुधबार बिहान तीन बजे लुुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत घोषणा गरिएको हो ।
इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीका इन्स्पेक्टर कमल परियारले घटनामा संंलग्न रिमबहादुरलाई पक्राउ गरेको जानकारी दिए ।
घटनाको कारण खुल्न सकेको छैन । रिमबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले बताए । मंगलबार मात्रै रुपन्देहीको तिलोत्तमा १० कान्छीबजारको एक पशु फर्ममा काम गर्ने पाँच जनाको हत्या भएको थियो ।