कालिकोटमा यात्रु बोकेको टिप्पर कर्णालीमा खस्यो

कालिकोटमा यात्रु बोकेको टिप्पर कर्णाली नदीमा खसेको छ । बुधबार बिहान भएको यो दुर्घटनामा ठूलो हताहतीको आशंका गरिएको छ । अहिले प्रहरी टोली दुर्घटनास्थलमा उद्धारका लागि खटिएको छ ।

क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । भारतबाट आएका झण्डै ३९ जना यात्रु बोकेको ना ८ ख ५१३३ नम्बरको टिप्पर छान्नी त्रिवेणी गाउँपालिका लालीघाट भन्ने ठाउँबाट कर्णाली नदीमा खसेको हो ।



उनीहरुलाई राजपुर गाउँपालिकामा रहेको क्वारेन्टिनमा राख्न लैजाने क्रममा यो दुर्घटना भएको हो । टिप्परमा ३९ जना रहेको बताइए पनि यकिन विवरण भने प्राप्त भइनसकेको प्रहरीले जनाएको छ ।

पाँचजना घाइतेको उद्धार गरी अस्पताल लगिएको कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाईँले जानकारी दिएका छन् । उद्धारका लागि जिल्लाको विपद व्यवस्थान समितिको सम्पूर्ण संयन्त्र परिचालन गरिएको उनले बताए ।

सम्बन्धित समाचार