प्रधानमन्त्री केपी शर्मा ओलीले ८५ प्रतिशत भारतबाट आएका नेपाली कोरोना भाइरस संक्रमण देखिएको बताएका छन् । नेपालमा ४ हजार ८५ जनामा कोरोना देखिएको बताउँदै उनले ५ सय जना निको भएर घर फर्किएको पनि बताए । नेपालमा निको भएर घर फर्कनेको संख्या राम्रो रहेको उनले उल्लेख गरे ।
यस्तै विदेशका विभिन्न मुलुकमा रहेका १४ हजार ४ सय जना नेपालमा कोरोना संक्रमण भएको र १३ मुलुकमा १ सय २७ नेपालीको मृत्यु भएको पनि प्रधानमन्त्रीले जानकारी गराए ।
अहिले दैनिक ५ हजार परीक्षण भइरहेको बताउँदै स्वाव निकालेर परीक्षण गर्नुपर्ने संख्या ठूलो रहेकाले पीसीआर मेसिन, किटहरु विभिन्न देशबाट ल्याउन सरकारले पहल गरिरहेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोनाको कारणबाट मृत्यु भएका १५ जनाको निधन खाली कोरोना संक्रमणकै कारण मात्र नभएको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले उनीहरुलाई पहिले नै कुनै रोगले च्यापेका कारण मृत्यु भएको दावी गरेका छन् । कतिपयको उपचार गर्ने बेला कोरोना नदेखिएको र मृत्युपछि कोरोना संक्रमण पाइएको पनि उल्लेख गरे ।