
नेपालमा बुधबार थप २७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीमध्य २५७ जना पुरुष र २२ जना महिला छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार मोरङका ८, झापाका ५, चितवनका २, उदयपुरका ४, नवलपुरका १, सर्लाहीका २७, कपिलवस्तुका ४८, नवलपरासीका ५, पाल्पाका १२, प्युठानका ६, रुपन्देहीका ७ जना रहेका छन् ।
यस्तै बाँकेमा ३, बर्दियाका १, सप्तरीका ६, दैलेखका २५, जाजरकोटका ३, सुर्खेतका ९, दार्चुलाका १, कैलालीका १२, कञ्चनपुरका २, डढेलधुराका १, धादिङका १६, धनुषाका ११, गोर्खाका ४, नुवाकोटका १, रौतहटका ५३, सिन्धुपाल्चोकका २ र सिराहाका १ जना संक्रमित थपिएका हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ। ती मध्ये ४ हजार ५५ पुरुष र ३०९ जना महिला रहेका छन् ।
