यस्ता छ आजको मौसम पूर्वानुमान

पश्चिमी वायुको प्रभावले मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।नेपालमा स्थानीय र पश्चिमी वायुसँगै बंगालको खाडी तथा पूर्व–पश्चिम बनेको न्यून चापीय रेखाको प्रभावले मुलुकका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले प्रदेश १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ। अहिले प्रदेश १, बागमती प्रदेश, गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य वदली रही बाँकी भू-भागमा आंशिक वदलीको अवस्था रहेको महाशाखाले जनाएको छ ।



दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरू तथा कर्णाली, सुदूरपश्चिम र प्रदेशका ५ का केही स्थानमा मेघगर्जनरचट्याङसहित वर्षाको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आह्वान समेत गरेको छ ।

सम्बन्धित समाचार