यी ५ जिल्ला, जहाँ कोरोनाको प्रवेश नै भएको छैन

देशका ७७ जिल्लामध्ये अहिलेसम्म पाँचवटा जिल्लामात्रै कोरोनामुक्त रहेका छन् । तीनवटा हिमाली र दुईवटा उच्च पहाडी जिल्लाबाहेक अन्य जिल्ला भने कोरोनाको कहरमा छन् ।

यतिबेला नेपालका ७२ वटा जिल्ला कोरोना महामारीसँग जुधिरहेका छन् । बाँकी पाँचवटा भने जिल्लाभित्र कोरोनालाई प्रवेश निषेध गर्न अहोरात्र लागिपरेका छन् । ७७ जिल्लामध्ये ७२ वटा जिल्लामा कोरोना संक्रमण देखिएको छ भने पाँचवटा जिल्लामा कोरोना प्रवेश भएको छैन ।



पहाडी जिल्ला इलाम, लमजुङ, संखुवासभा, तेह्रथुम, सोलुखुम्बुमा फाट्टफुट्ट एक-दुईजनामा संक्रमण देखिन थालेको छ । तर, ताप्लेजुङ, ओखलढुंगा, रसुवा, मनाङ र मुस्ताङ गरी पाँचवटा जिल्ला कोरोना प्रवेश भएको छैन।

सम्बन्धित समाचार