प्रदर्शनकारीमाथि लाठी चार्ज, अश्रु ग्यास र पानीको फोहोरा

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)  को विरोधमा बिहीबार काठमाडौँको नक्साल क्षेत्रमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

ठूलो संख्यामा उपस्थित भएका प्रदर्शनकारीमाथि प्रहरीले अश्रु ग्यास तथा पानीको फोहोरा हिर्काएको हो । यस्तै लाठी चार्ज पनि गरेको छ । एमसीसीको विरोधमा बिहीबार विभिन्न स्थानमा प्रदर्शन गर्ने क्रममा युवा विद्यार्थीहरु नक्साल क्षेत्रमा ठूलो संख्या उपस्थित भएका हुन् ।



उनीहरुमाथि प्रहरील बल प्रयोग गरेको हो । अहिले पनि प्रदर्शन जारी छ । प्रहरीलाई भिड नियन्त्रणमा लिन हम्मेहम्मे परेको छ ।

प्रदर्शनकाकारीले ‘राष्ट्रघाती एमसीसी खारेज गर, राष्ट्रिय स्वतन्त्रताको रक्षा गरौँ, दलालहरु होसियार, प्रहरी हस्तक्षेप बन्द गर’ सहितका नारा लगाएका छन् ।

सम्बन्धित समाचार