रौतहटमा कोरोना भाइरसलाई जित्ने १०२ पुगे

कोरोना भाइरसको संक्रमणबाट मुक्त भएर रौतहटमा हालसम्म १ सय २ जना घर फर्किएका छन् । जिल्लाका विभिन्न अस्पतालको आइसोलेशन कक्षमा उपचार गराई रहेका थप ८१ जना संक्रमण मुक्त भएर बुधबार साँझ घर फर्किएका हुन् ।

यसरी घर फर्किनेमा गौर नर्सिङ क्याम्पसको आइसोलेशनमा भर्ना भएका १६ जना र गरुडा नगरपालिका स्थित प्रहरी स्कूलको आइसोलेशनका ६५ जना रहेको जिल्ला अस्पताल गौरका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण साहले जानकारी दिए ।



सम्बन्धित समाचार