
दाङमा पाँच किलो गाईको मासुसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले गाईको बाच्छी काटेर मासु बोरामा राखेर हिडिरहेको समयमा घोराही उपमहानगरपालिका–५ पिपलटाकुरा फुलवारी टोलबाट प्रहरीले बुधवार राती आठ बजे ६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एव डिएसपी सुमित खड्काले जानकारी दिएका छन् ।
उनीहरुलाई प्रहरीले सुराकीको आधारमा पक्राउ गरेको थियो।पक्राउ पर्ने ६ जना पुरुषहरु रहेको डिएसपी खड्काले जानकारी दिएका छन् ।
‘गाईको बाच्छी काटेर मासु भाग लगाएर हिडिरहेको समयमा ५ किलो मासुसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो’–डिएपसी खड्काले भने–‘पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भैरहेको छ ।’ घट्नाको थप अनुसन्धान भैरहेकाले नाम सार्वजनिक नगरेको प्रहरीले बताएको छ।
पक्राउ परेका व्यक्तिहरुलाई गाईगोरु काट्न वा मर्न नपाइने २०७५ भाग २ परिच्छेद २७ को दफा २८९ अनुसार कारवार्ही पक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
