नृत्यमा अभिरुचि भएकाहरूका लागि खुसीको खबर

अनलाइनका माध्यमद्वारा सहभागी हुन पाउने ‘साउथ एशियन अनलाइन नृत्य प्रतियोगिता २०२०’ हुने भएको छ । नेपाल, भारत, बङ्लादेश, श्रीलङ्का, माल्दिभ, अफगानिस्थान, भुटानलगायत १२ देश सहभागी हुने उक्त प्रतियोगितामा १० वर्षदेखि ३० वर्षसम्मका कलाकारहरूले दुई समूहमा सहभागी हुन पाउने छन् ।

प्रतियोगिताको पहिलो समूहमा १० वर्षदेखि १८ वर्षका तथा दोस्रो समूहमा १९ देखि ३० वर्षसम्मका प्रतिभाहरूले सहभागी हुन पाउने जानकारी गराइएको छ ।



प्रतियोगितामा सामेल भई आफ्नो प्रतिभा प्रस्तुत गर्न चाहने तथा नृत्यका माध्यमद्वारा आफूलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन चाहने नेपाली प्रतिभाहरूले आफूले नृत्य गरेको दुईवटा भिडियोसहित आफ्नो परिचय खुल्ने एउटा फारम भरी acharyaseetal@gmail.com मा मेल गरी पठाउनु पर्नेछ । आगामी जुन २५ सम्ममा फारम रजिष्टर्ड भइसक्नुपर्ने पनि जनाइएको छ ।

थप जानकारीका लागि …

 

सम्बन्धित समाचार