बारा, निजगढका ५ वर्षीय बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । निजगढबाट ल्याइएका उनलाई शुक्रबार ११ बजे अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो । निमोनियाले ग्रस्त उनको दिमागको नसा सुकेको हुनसक्ने चिकित्सकले अनुमान गरेका छन् ।
चिकित्सकको सल्लाहअनुसार भेन्टिलेटरमा राख्न पूर्व र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गरिएको थियो । आरडीटी रिपोर्ट पोजेटिभ आएको छ । स्वाब संकलन गरेर पीसीआर टेस्टका लागि पठाइएको अस्पतालका सञ्चालक डा. अबुल हैस अन्सारीले बताए ।
बालकको स्वाब संकलन गरेर आरटी पीसीआर परीक्षणका लागि नारायणीको ल्याबमा पठाएइएको छ । पीसीआर रिपोर्ट आउन बाँकी छ ।