कोरोनाबाट विश्वभर ४ लाख २८ हजारले ज्यान गुमाए, ७७ लाखभन्दा बढी मानिस संक्रमित

कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृतकको संख्या ४ लाख २२८ हजार २१० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र ४ हजार ५९० जनाको मृत्यु भएको थियो । विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरी संक्रमित हुने मानिसको संख्या ७७ लाख ३१ हजार ७२१ पुगेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख ३९ हजार ५१६ जना नयाँ संक्रमित थपिएका छन् । ३९ लाख २५ हजारभन्दा बढी मानिस उपचारपछि निको भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ४२ हजार ८०९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २४ लाख १९ हजार ७६२ पुगेको छ । त्यसमध्ये १० लाख २९ हजार २६५ जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरुमा ३८ हजार ७३७ जनाको मृत्यु भएको छ । १५ लाख ३८ हजार ६६५ जना संक्रमित भएकोमा ९ लाख ३५ हजार ७८ जना संक्रमणमुक्त भएका छन् ।



दक्षिण अमेरिकी मुलुकहरुमा ५७ हजार ८४४ जनाको मृत्यु भएको छ । १३ लाख ५५ हजार ३७९ जना संक्रमित भएकोमा ६ लाख ९० हजार १९८ जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरुमा ६ हजार ८० जनाको ज्यान गएको छ भने २ लाख २७ हजार ६०९ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ५ हजार ९२ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ९०१ जना संक्रमित भएकोमा ८ हजार ३७१ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा भने ५ हजार ६२ जनामा संक्रमण देखिएकोमा ८७७ जना उपचारपछि निको भएका छन् । १६ जनाको निधन भएको छ ।

सम्बन्धित समाचार