सुस्मिताको जोडी १५ वर्षे कान्छो

बलिउड अभिनेत्री सुस्मिता सेन एक दशक बढी समयदेखि गुमनाम जस्तै छिन् । सन् १९९४ मा मिस इन्डिया प्रतियोगितामा ऐश्वर्या रायलाई हराएर ताज पहिरिएकी यिनले अन्तर्राष्ट्रिय मिस युनिभर्सको पनि ताज पहिरिएपछि थप चर्चामा थिइन् ।

सुस्मिता सेन पछिल्लो डेढ वर्षदेखि मोडल प्रेमी रोहमन सालसँग डेटमा छिन् । रोहमनसँगको भेटबारे सुस्मिताले भनेकी छन्, ‘उनीसँग मेरो चिनजान इन्स्टाग्राम सामाजिक सञ्जालमार्फत भएको थियो । उनले मलाई प्रत्यक्ष सन्देश पठाएका थिए । मैले रिप्लाई दिएपछि कुराकानी सुरु भयो ।’ सुस्मिताका अनुसार सुरुआतमा रोहमनले उनीसँग तपाईंकै उमेरबराबर भनेर ढाँटे । तर उनले पत्याइनन् । भन्छिन्, ‘तिमी धेरै जवान देखिन्छौ भनेपछि उनलाई कुराकानी गर्न असहज लाग्थ्यो । तर हाम्रो नाता ईश्वरले चुनेका थिए ।’



रोहमन र सुस्मिताबीच १५ वर्षको फरक छ । सुस्मिता ४४ वर्षकी भइन् भने रोहमन मात्र २९ वर्षका छन् । लकडाउन अवधिमा यी दुवै सँगसँगै छन् । त्यसैगरी सन् २०१० मा दुल्हा मिल गया फिल्मपछि हराएकी सुस्मिता पुनः बलिउडमा कमब्याक गर्दै छिन् । उनी राम माधवानीको निर्देशनमा बन्ने आर्या फिल्ममा देखिन थालेकी हुन् । यो डच सिरिज पेनोजाकी हिन्दी रिमेक हो । एजेन्सी

सम्बन्धित समाचार