बाहुबली ‘एक्ट्रेस’ राम्या कृष्णन पुलिस थानामा

दक्षिण भारतकी चर्चित हिरोइन तथा बाहुबलीजस्ता फिल्मकी कलाकार राम्या कृष्णनको कारबाट पुलिसले बीयरका एक सय भन्दा धेरै बोतल जफत गरेको छ । आफ्नी बहिनी विनया कृष्णनको घर जाने क्रममा उनी ममलापुरमबाट चेन्नई जाँदै थिइन् । उनको साथमा ड्राइभर पनि रहेको बताइएको छ ।

पुलिसले कारमा चेक गर्दा उनको कारमा १०० भन्दा धेरै वियरका बोतल फेला पारेको भारतीय सञ्चारमाध्यमहरले बताएका छन् ।



त्यसपछि ड्राइभरलाई कनाथुर पुलिस स्टेशन लगेपनि उनी स्वयं गएर छुटाएको बताइएको छ ।

उनको कारमा कसरी त्यति धेरै बोतल आयो भन्ने बारेमा अहिले अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार