बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् । राजपुतले मुम्बईमा रहेको आफ्नै घरमा आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
उनको शव घरमा झुन्डिरहेको अवस्थामा पुलिसले फेला पारेको थियो ।
उनले किन आत्महत्या गरे भन्ने बारेमा अहिलेसम्म केहि खुली नसकेको र प्रहरी त्यसबारेमा अनुसन्धानमा जुटेको बताइएको छ ।