सुशान्तका काकाको आरोप ‘उस्लाई मारिएको हो, पुलिसले अनुषन्धान गरोस’

सुशान्त सिंह राजपुतको काकाले सुशान्तले आत्माहत्या गर्न नसक्ने बताएका छन् । भारतीय संचारमाध्यम इन्डिया टीभीका अनुसार उनले यो खबर झुट रहेको बताएका हुन् । ‘सुशान्त सुसाइडको विरुद्धमा बोल्ने मान्छे हो, उस्ले यस्तो काम गर्न नै सक्दैन, पुलिसले यो केशलाई गम्भीरताका साथ छानबिन गरोस ।’

यो खबर सुनेपछि उनको बुवा बेहोस अवस्थामा छन् भने ४ जना दिदीहरुलाई सम्हाल्न गाह्रो भैरहेको छ । प्रहरीले कुनै सुसाइट नोट नभेटेको बताएको छ ।



केही समयदेखि बलिउडले चर्चित हस्तिहरु गुमाइरहेको छ । इमरान खान, ऋषी कपुर वाजिद खान लगायतको निधनले स्तव्ध बनेको बलिउड सुशान्तलाई गुमाएपछि थप शोकमा डुबेको छ । उनी ३४ वर्षका मात्र थिए । जी टिभीको लोकप्रिय टेलिचलचित्र पवित्र रिश्ताबाट उदाएका राजपुतले सन् २०१३ मा ‘काइपोचे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका हुन् । पछिल्लो समयमा उनका फिल्महरुले निकै हिट भएका थिए ।

सम्बन्धित समाचार