आन्दोलन गरेर मात्रै विभेद अन्त्य नहुँदो रहेछ : मिश्र

साझा पार्टीका संयोजक रविन्द्र मिश्रले विभेद भएका घटनाहरुमाथि छानविन गरी दोषिलाई कारबाही गर्न सरकार असफल भएको बताएका छन् । पश्चिम रुकुम चौरजहारी घटना सम्बन्धमा आइतबार माइतिघरमा गरिएको विरोध प्रदर्शनलाई सम्बोधन गदै संयोजक मिश्रले यस्तो बताएका हुन् ।

संयोजक मिश्रले संविधानमा लेखेर मात्रै विभेदको अन्त्य नहुने स्पष्ट भइसकेको बताउँदै उनले भने ‘आन्दोलन गरेर मात्रै विभेद अन्त्य नहुँदो रैछ भन्ने कुरा माओवादीहरुको सशस्त्र संघर्षबाट हामीले बुझिसक्यौं । उहाँहरुले तपाइहरुकै नाममा राजनीति गरेको होइन दश–दश वर्ष ? तपाईहरुलाई अग्रपंक्तिमा राखेर मर्न बाध्य तुल्याएको होइन ? आफ्ना छोराछोरीलाई लुकाएर पढाएर तपाइहरुका छोराछोरीलाई घिसारेर लगेर गोलि खुवाएको हो कि होइन ? त्यति हुँदाहुँदै आज यो स्थिति किन आयो ?’



सम्बन्धित समाचार