दोलखा केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

दोलखा केन्द्र विन्दु भएर मंगलबार बिहान ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । बिहान ९ बजेर ५३ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का दोलखासहित आसपासका जिल्लामा समेत महसुस भएको थियो । तर केही भौतिक वा मानवीय क्षति भने भएको छैन । यसअघि जेठ १७ गते धादिङ केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।



सम्बन्धित समाचार