शुक्रबार रिलिज भएको ‘गुलाबो सिताबो’लाई साढे ३ स्टार

बलिउडका महानायक अमिताभ बच्चन र अभिनेता आयुष्मान खुराना अभिनित फिल्म गुलाबो सिताबो शुक्रवार अमेजन प्राइमबाट रिलिज भयो ।

थिएट्रिकल स्क्रिनिङको शैलीमा बनाइएको यो पहिलो फिल्म हो । यस फिल्मलाई अधिकाशं फिल्म समीक्षकले ५ अंकमध्ये ३.५ स्टार दिएका छन् र यसलाई राम्रो फिल्म भनेका छन् । समीक्षकका अलावा सामाजिक सञ्जालमा समेत दर्शकले यस फिल्मको रेस्पोन्स दिन शुरु गरेका छन् । तर फिल्मको बारेमा भने दर्शकको मिश्रित प्रतिक्रिया छ ।



सामाजिक सञ्जालमा यस फिल्मलाई धेरैले अत्यन्त लगावका साथ बनाइएको भनेका छन् तर फिल्मको कथालाई भने दर्शकले खासै मन पराएका छैनन् ।

यस फिल्मको निर्देशक सुजित सिरकार छन् भने पटकथामा जुहि चर्तुवेदीले काम गरेका छन् । सान्तनु मोइत्राले लेखेको फिल्मलाई रानी लहरी र शिल कुमारले लगानी गरेका छन् ।

सम्बन्धित समाचार