६ महिनामा ७ सिनेमा गुमाएका थिए सुशान्तले, बलिउड उनको हत्यारा भएको आरोप (भिडियाे सहित)

बलिउड अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्या प्रकरणमा बलिउडको असहिष्णु र परिवारवादको राजनीतिले भूमिका खेलेको भन्दै सामाजिक सञ्जालमा बहस सुरू भएको छ । राजपुतका सपना भवानी, अनुभव सिन्हा र निखिल द्विवेदीलगायतका साथीहरूले बलिउडको पाखण्डी शैलीको चर्को आलोचना गरेका छन्।

बलिउडमा पाखण्ड मौलाएको भन्दै बलिउड अभिनेत्री कंगना रनावटले पनि चर्को आलोचना गरेकी छन् । इन्स्टाग्राममा एक भिडिओ पोस्ट गर्दै उनले सुशान्तको दु:खद् अवसान आत्महत्या हो या योजनाबद्ध हत्या हो भन्दै बलिउड उद्योगप्रति प्रश्न उठाएकी छन्।



ुतपाईंले उसका पछिल्ला पोस्टहरू हेर्नुस्, आफ्नो बलिउडमा कोही गडफादर नभएकाले स्पष्ट शब्दमा उसले मानिसहरूलाई उसको फिल्म हेर्न भनेको छ। फिल्म नहेरिए आफू उद्योगबाट बाहिर फालिने चिन्ता व्यक्त गरेको छ। उसले अन्तर्वार्तामा उद्योगले आफूलाई किन आफ्नो मानेको छैनरु भनेका छन्। उनले आफू बलिउडमा फाल्टु जस्तो महशुस गरिरहेको बताएका छन् । त्यसकारणले यो घटनामा कारक होइनरुु भिडिओमा उनले सोधेकी छन् ।

ुयहाँ पत्रकारहरूको यस्तो तप्का छ जसले सुशान्त मानसिक, विक्षिप्त र दुर्व्यसनी भएको भनेर अन्धाधुन्ध लेख्छ। तर उनीहरूले सञ्जय दत्तको दुर्व्यसनलाई भने आकर्षक देख्छन्,’ उनले भिडिओमा भनेकी छन् ।

यसैगरी भारतका पूर्वसासंद सञ्जय निरूपमले आफ्नो ट्विटमा ुछिछोरेुको व्यापक सफलताका बाबजुद् ६ महिनाको अवधिमा ७ वटा सिनेमा गुमाएको लेखेका छन् । बलिउडको यस किसिमको क्रुरताको उनले चर्को आलोचना गरेका छन् ।

सुशान्तसिंह राजपुत मुम्बईको बान्द्रास्थित आफ्नै घरमा आइतबार पासो लगाएर आत्महत्या गरेको अवस्थामा भेटिएका थिए ।

 

https://www.instagram.com/p/CBc3sDDAtyb/

सम्बन्धित समाचार