बजेटको विरोधमा संसदमै मौनधारण

राष्ट्रिय जनता पार्टीका राष्ट्रिय सभा सदस्य मिर्गेन्द्रकुमार कुमार सिंह यादवले बजेटको विरोधमा १० सेकेण्ड मौनधारण गरेका छन् । राष्ट्रिय सभाको मंगलबारको बैठकमा विनियोजन विधेयक २०७७ मा मन्त्रालयगत शीर्षकमाथिको छलफलका क्रममा सांसदहरुलाई पक्षपात गर्ने विनियोजन विधेयकमाथि छलफलमा भाग नलिने भन्दै सिंहले विरोध स्वरुप दश सेकेन्ड मौनधारण गरेका हुन् ।

उनले सत्तापक्षका सांसदहरुले नै क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गमा सांसदहरुलाई वर्गिकरण गरिएको बताएको र प्रतिपक्षका सांसदहरु वर्गिकरणमा पनि पर्न नसकेको भन्दै पक्षपात र भेदभावपूर्ण विनियोजन विधेयकको प्रतिकात्मक विरोध स्वरुपमा दश सेकेन्ड मौनधारण गरेका हुन् ।



उनले भने, ‘नेपाल सरकार अर्थात सम्पूर्ण नेपालीको सरकार । सत्तापक्षको मात्रै होइन हामी प्रतिपक्षको पनि सरकार । तर वर्तमान सरकरको चरित्र आचरण र व्यवहार त्यो अनुरुपमको देखिएन । त्यतिकै मात्रै होइन सम्पूर्ण सत्तापक्षको पनि सरकार भन्न पनि नमिल्ने किनकी हिजो मात्रै सत्ता पक्षका सांसदहरुबाट मनको व्यथा पोखियो । सत्तापक्षका सांसदहरुलाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ यानकि फस्ट क्लास, सेकेन्ड क्लास, थर्ड क्लास र फोर्थक्लास श्रेणिमा वर्गिकरण गरिएको थाहा पाइयो । हामी प्रतिपक्षलाई त श्रेणि विहिन वर्गमा नै राखिएको होला । त्यसैले सत्तापक्षका ‘ग’ र ‘घ’ श्रेणिमा परेका सांसदहरुको व्यथाप्रति सहानुभुति राख्दै यो सरकारबाट प्रस्तुत पक्षपात र भेदभावपूर्ण विनियोजन विधेयकको प्रतिकात्मक विरोधस्वरुप दश सेकेन्ड मौनधारण गर्दै म यो विनियोजन विधेयकको छलफलमा भाग लिन्नँ ।’

सम्बन्धित समाचार