नेपालमा आज (मंगलवार) एकैपटक ३८० जनामा कोरोना भाइरसको संक्रमण भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ हजार ५९१ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले नेपालमा आज एकैपटक ३८० जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरे ।
उनका अनुसार आज फेला परेका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । नेपालमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण १९ जनाको मृत्यु भईसकेको छ भने १ हजार १५८ जना कोरोनाको उपचार पछि निको भएर घर फर्किएका छन् ।
नेपालमा आज मात्रै थप ११७ जनाले कोरोनाविरुद्धको लडाई जितका छन् । यसैबीच नेपालमा हिजो (सोमवार) एकैपटक ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जो नेपालमा एकैदिनमा थपिएका आजसम्मकै धेरै कोरोना संक्रमितको संख्या हो ।