भारत जान लागेकी जनता समाजवादी पार्टीकी सासंद सरिता गिरी नाका बन्द भएपछि नेपालमै रोकिएकी छिन् । बुबा बिरामी भएको भन्दै भारत जान लागेकी उनलाई मंगलबार दिउँसो सिरहाको ठाडी नाकाबाट सुरक्षाकर्मीले फर्काइदिएका छन् ।
अहिले लकडाउनको कारणले नाकाहरू बन्द रहेकोले गिरीलाई फर्काउनुपरेको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईंले जानकारी दिए । भारत जान नपाएपछि उनी कहाँ गइन् भन्नेबारे आफूलाई थाहा नभएको प्रजिअ गुरागाईंले बताए।
बुबा बिरामी भएको भन्दै जान दिन गिरीले आग्रह गरेकी थिइन् । तर प्रहरीहरूले सम्झाएपछि उनी फर्किएकी थिइन् ।
पछिल्लो कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ नक्सा संविधानको निशान छापमा राख्न दर्ता भएको संविधान संशोधन विधेयकमा सांसद गिरीले संशोधन हालेकी थिइन् । तर प्रतिनिधि उनको संशोधन प्रस्ताव अस्वीकृत गरिदिएको थियो ।