सुशान्त मृत्यु प्रकरणमा मुछिए सलमानसहित ८ जना, आत्महत्या दुरुत्साहन मुद्दा दायर

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा सलमान खानसहित ८ जनाविरुद्ध फौजदारी मुद्दा परेको छ। सलमान खानसहित करन जोहर, सञ्जयलीला भन्साली, आदित्य चोपडा, साजिद नाडियडवाला ,एकता कपुर, भुषण कुमार र निर्देशक दिनेशविरूद्ध वकील सुधिर कुमार ओझाले फौजदारी मुद्दा दायर गरेका हुन्।

सुशान्तसिंहको मृत्युको कारण उनीहरू भएको भन्दै बिहार अदालतमा मुद्दा दायर गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुविरुद्ध आईपीसीको धारा ३०६, १०९, ५०४ तथा ५०६ अनुसार मुजफ्फरपुर अदालतमा मुद्दा दर्ता गरिएको छ । अदालतले आगामी ३ जुलाईमा सुनुवाइ मिति दिएको छ।



उनीहरूकै कारण सुशान्तलाई फिल्मी कार्यक्रम, अर्बाड शोमा निमन्त्रित नगरेको , फिल्म रिलिजमा बाधा पुर्‍याएको मुद्दामा उल्लेख गरिएको छ। उनीहरुविरुद्ध आत्माहत्या दुरुत्साहनको मुद्दा लाग्ने देखिएको छ । अभिनेता सुशान्तले मुम्बईस्थित् आफ्नै फ्ल्याटमा जुन १४ मा आत्महत्या गरेका थिए ।

सम्बन्धित समाचार