नेपालमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा प्रकाशित विहीबार बिहानसम्मको तथ्यांक अनुसार नवलपरासी पूर्वमा १८ जना नयाँ संक्रमण पुष्टि भएको हो। त्यस्तै, तनहुँमा १२ जना, मनाङमा १ जना, गोरखामा ११ जनामा संक्रमण पुष्टि भएको छ।
मनाङको एक जना कपिलवस्तुबाट फर्किएका र अरु सबै भारतबाट फर्किएका सूचनामा निर्देशनालयद्वारा जारी सूचनामा उल्लेख छ। संक्रमित सबै सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा छन्।
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २८९ पुगेको छ। त्यस्तै, नेपालभर संक्रमितको संख्या ७ हजार २ सय १९ पुगेको छ।