यी हुन् कोरोनाबाट सुरक्षित नेपालका तीन जिल्ला

विहीबार बिहान मनाङका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमण ७४ जिल्लामा पुगेको छ । अब प्रदेश एकको ओखलढुंगा, गण्डकीको मुस्ताङ र वाग्मतीको रसुवामा मात्र अहिलेसम्म संक्रमण देखिएको छैन ।

स्थायी ठेगाना कपिलवस्तु बाणगंगा–१४ घर भइ मनाङ बस्दै आएका ५७ वर्षीय पुरुषमा कोरोना भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विहीबार विज्ञप्तिमार्फत जनाएको हो । उनी हालै कपिलवस्तुबाट मनाङ गएको जनाइएको छ ।



१४ जिल्ला रहेको प्रदेश १ मा ओखलढुंगा मात्रै कोरोनाले नछोएको जिल्ला हो । १३ जिल्ला रहेको बागमती प्रदेशमा रसुवा मात्रै अहिलेसम्म कोरोनाबाट जोगिएको छ ।

कोरोना संक्रमित नदिखिएको अर्को गण्डकी प्रदेशको मुस्ताङ हो । गण्डकी प्रदेशमा मुस्ताङबाहेक १० वटा जिल्लामा कोरोना संक्रमित फेला परेका छन् ।स्वास्थ्य मन्त्रालयको बुधबारसम्मको तथ्यांकअनुसार नेपालमा ७ हजार १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित समाचार