काठमाडौंका नयाँ संक्रमित: एक तीनकुनेकी, अर्का बालुवाखानीका किराना पसले

काठमाडौंमा विहीबार दुईजना कोरोना संक्रमित भेटिएका छन् । जसमध्ये एकजना काठमाडौंको तीनकुनेकी ३४ वर्षीया महिला हुन्। उनी असार १ मा उपचारका लागि त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पताल गएकी थिइन् । त्यहाँ शंका लागेपछि उनको नमुना लिएर परीक्षण गर्दा कोरोना देखिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार उनको ट्राभल हिस्ट्री छैन । अहिले उनलाई पाटन अस्पतालको आइसोलसनमा भर्ना गरिएको छ।



अर्का संक्रमित बूढानीलकण्ठ नगरपालिकास्थित बालुवा खानीका ४५ वर्षीय पुरुष रहेका छन् । उनी त्यहाँ किराना पसल सञ्चालन गर्दै आएका थिए। मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार उनको हाल सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा उपचार भइरहेको छ।

सम्बन्धित समाचार