फ्रान्समा मुद्दा खेपेर चर्चा कमाएको कुखुराको भालेको मृत्यु

फ्रान्समा बिहानको समयमा बासेको भन्दै मोरिस नाम गरेको कुखुराको भाले पालेका एक व्यक्तिलाई अदालत पुर्‍याइएपछि चर्चामा आएको भालेको ६ वर्षको उमेरमा मृत्यु भएको छ ।

ध्वनि प्रदूषण सम्बन्धी मुद्दाको केन्द्रमा परेको मोरीसले अन्तर्राष्ट्रिय समर्थन प्राप्त गरेको थियो । त्यो भाले फ्रान्सेली गाउँहरूका मौलिक आवाजको संरक्षण गर्नुपर्ने भन्दै गरिएका अभियानहरूको प्रतीक नै बन्न पुगेको थियो । सन् २०१९ मा एउटा अदालतले मोरिसको पक्षमा फैसला सुनाएको थियो । त्यसपछि उक्त भाले ओलेरोँ नामक टापु स्थित एक घरमा बस्दै आएको थियो । उक्त पक्षीको मृत्यु गत मे महिनामा भएको बताइएको छ । तर उसलाई पालेका व्यक्तिले भने ढिलो गरी यो समाचार सार्वजनिक गरेका छन् ।



लकडाउनकाबीच मानिसहरूसँग चिन्ता गर्नुपर्ने धेरै विषय छन् भन्ने मलाई लाग्यो, कोरिन फेसेअउले एउटा फ्रान्सेली रेडियोमा भनिन् । हामीले नयाँ भाले किनेका छौँ । उसको नाम मोरिस नै राखेका छौँ । उसको पनि आवाज मिठो छ । तर उ हाम्रो पुरानो मोरिस कहिल्यै बन्न सक्दैन । ओलेरोँमा छुट्टीको समय बिताउनका लागि निर्माण गरिएको घरमा बस्दै आएका एक वृद्ध दम्पतीले आफूहरूलाई भाले बासेको आवाजले दुस्ख दिएको बताएपछि मोरिस समस्यामा परेको थियो ।

त्यसपछि ग्यालिक मूलको कुखुराकोभाले लाई राष्ट्रिय प्रतीक मानिएको फ्रान्समा मोरिसलको ख्याति निकै फैलियो  र उसलाई बचाउनको लागि एउटा निवेदनमा दशौँ हजारले हस्ताक्षर गरेका थिए ।

अदालतले पक्षमा फैसला नगरेको भए ३५ वर्ष देखि ओलेरोँमा बस्दै आएका फेसेअउले कसै गरी मोरिसलाई चुप लगाउनुपर्थ्यो या अन्तै बसाइ सर्नु पर्थ्यो ।

तर गत सेप्टेम्बरमा न्यायाधिशले मोरिसका मालिकको पक्षमा फैसला सुनाए र उजुरी दिने व्यक्तिलाई क्षतिपूर्ति बापत १,१०० अमेरिकी डलर (करिब १३४,००० रुपैयाँ) जरिवाना गराएका थिए ।

सम्बन्धित समाचार